१० चैत ,काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् ।
स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयमा वन्डर्स नेपाल प्रालि र नबिल बैंकबीच हालै सम्झौता भएको हो ।
सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
नबिल बैंकले आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत ग्राहकहरुले सो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend