बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न; संचालकहरु निर्वाचित

शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न; संचालकहरु निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरब अग्रवालको अध्यक्षतामा कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा चैत ९ गते शुक्रबार सो सभा  सम्पन्न भएको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल र सुझाव सहित पारित गरेको छ । साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले संस्थापक समूह ‘क’ का शेयरधनीबाट गौरव अग्रवाल , बुद्ध एयर प्रा लि का रमेश कुमार लुइँटेल  र  डा. स्रुजना श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै, सर्वसाधारण समूह ‘ख’ बाट सौरभ ज.ब. राणा लाई  संचालकमा निर्वाचित गरेको छ। सभाले कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने एजेण्डालाई पनि पारित गरेको छ ।

सभामा आफ्नो मन्तव्य राख्दै कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डे कम्पनीका बीमितहरुको दावी भुक्तानीलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनीले सभा प्रयोजनार्थ फागुन २७ गते देखि बुक क्लोज गरेको थियो । त्यसैले फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिएका हुन्  ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend