बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सत्तारूढ दलका नीतिगत साझा संकल्प: अर्थतन्त्र सुधार र निराशाको अन्त्य

सत्तारूढ दलका नीतिगत साझा संकल्प: अर्थतन्त्र सुधार र निराशाको अन्त्य

७ चैत, काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्दै नयाँ समीकरण बनेपछि गठित सरकारले  अर्थतन्त्र सुधार, सुशासनदेखि नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाएको छ।

मंगलबार सिंहदरबारमा आयोजित सो दस्तावेज सार्वजनिक गर्ने कार्यक्रममा  प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्तिथ रहेका थिए।

सत्तारुढ पाँच दलीय गठबन्धनले ल्याएको न्यूनतम नीतिगत प्राथमिकता र साझा दस्तावेजमा   आर्थिक शिथिलता अन्त्य गर्नेदेखि संक्रमणकालीन न्याय र दिगो शान्तिसमेतका विविध विषयहरु  दस्तावेजमा समेटिएका छन् ।

‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।

त्यस्तै , संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा प्रकट विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने उल्लेख गरिएको छ ।

कार्यदलका संयोजक विष्णु पौडेलले सो अवसरमा राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न, प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, सङ्घर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउन; राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरिएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend