खबरब्रेकिंग,काठमाडौं, चैत ४। अर्थमन्त्री वर्षमान पुनले सेयर बजार थप सुधार्नका लागि सरकारलाई लगानीकर्ता र विज्ञहरूबाट सुझाव आइरहेको बताएका छन । आइतबार नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
सेयर बजारका अप्ठ्यारा अवस्थामा गरिएको कडाइलाई बिस्तारै खुकुलो बनाउँदै लैजाने पनि उनले बताए । सेयर बजारमा पछिल्लो समय लगानीको आशा पलाउँदै गइरहेको उनको भनाई छ ।
उनले भने ‘हिजो अप्ठ्यारो समयमा सेयर बजारमा नेपाल राष्ट्र बैंकमार्फत लगाइएको केही नियामकीय कडाइहरू छन् त्यसलाई अब बिस्तारै खुकुलो पार्दै लैजानुपर्छ । त्यो काम सरकारले गर्छ, नियामकीय निकायले गर्छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend