सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

खबरब्रेकिंग,काठमाडौं, चैत १। कृषि विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा फागुन ३० गते सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण पारित गरेको छ । साथै, बैंकको सहायक कम्पनी, कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्तीको प्रस्ताव पारित भएको छ ।

साधारण सभामा विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु तथा संचालक समितिका सदस्य महेश आचार्य, डा।राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई र रीता सुवेदीको उपस्थिती थियो भने साधरण सभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए । संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend