सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा घिमिरे नियुक्त

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा घिमिरे नियुक्त

खबरब्रेकिंग,काठमाडौं, फागुन २९। सहसचिव कुमारप्रसाद घिमिरे शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट सहसचिव घिमिरे महानिर्देशक नियुक्त भएका हुन् ।

तत्कालीन महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि केही समयदेखि महानिर्देशक पद रिक्त थियो । नवनियुक्त महानिर्देशक घिमिरे मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख थिए ।

२०४३ सालमा प्रशासन सेवाबाट सरकारी सेवा प्रवेश गरेका उनी र इन्जिनियरिङ सेवा समूहतर्फ २०५३ मंसिर ८ गतेदेखि इन्जिनियरका रूपमा नियुक्त भएका थिए । उनले यसअघि विभागको उपमहानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । घिमिरेले निजामती सेवा दिवसमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मानित भएका थिए ।

शहरी विकासको जानकारका परिचित महानिर्देशक घिमिरेकै सक्रियतामा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई व्यवस्थित बनाउने सिंहदरबार गुरुयोजना समेत स्वीकृत भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend