सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन ढकालको आह्वान

साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन ढकालको आह्वान

खबरब्रेकिंग,काठमाडौं, फागुन २८। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन आह्वान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र यहाँस्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी वेबिनारमा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरुलाई सहज वातावरण बनाउन नेपाल सरकारले नीजि क्षेत्रलेसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरूका लागि नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताए ।

नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृषिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू सृजना भएकोतर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

नेपाल सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । जलविद्युत् उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युत्मा क्षेत्रमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend