२१ फागुन , काठमाडौं । एकाएक सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शक्तिशाली गृहमन्त्री बन्दै पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने तयारी गरेका छन् ।
आजै सानो नयाँ मन्त्रीमण्डल गठन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारी सङ्गै रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।
हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बताएको छ । रास्वपाले डेलिभरी दिन सक्ने मन्त्रालय मागेको हो।
रास्वपाले आज बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो ।
रविले निकटस्थ नेताहरूलाई आफू सरकारमा जाने जानकारी गराएका छन् । पार्टीको अर्को बैठक आजै बसेर औपचारिक निर्णय लिने तयारी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend