बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

वायुसेवा सञ्चालक संघका अध्यक्षमा समिट एयरका मनोज कार्की निर्वाचित

वायुसेवा सञ्चालक संघका अध्यक्षमा समिट एयरका मनोज कार्की निर्वाचित

  • शुक्रबार, १८ फाल्गुन २०८०

१८ फागुन, काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) मा  मनोज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन भएको छ । संघले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

फागुन १७ गते बिहीबार काठमाडौंमा सम्पन्न  संघको २३ औं साधारण सभाले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। संघका निवर्तमान महासचिव कार्की समिट एयरका प्रबन्ध निर्देशक हुन्।

संघका  प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, दोस्रो उपाध्यक्षमा निमा नुरू शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर चयन भएका छन्।

यस्तै , महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, विजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend