शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आरएमडीसी लघुवित्तको २७ प्रतिशत लाभांश पारित

आरएमडीसी लघुवित्तको २७ प्रतिशत लाभांश पारित

 

१० चैत ,काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २४ औं साधारणसभाले संचालक समितिको २७ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। समितिले गत वर्षको संचित मुनाफाबाट शेयर सदस्यहरुलाई २६% बोनस शेयर र कर प्रयोजनका लागि १.३६४८% नगद लाभांश प्रस्ताव गरेको थियो ।

साधारणसभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाबीचमा हुन लागेको मर्जर प्रस्ताव पनि पारित गरेको छ। आरएमडीसी लघुवित्त र साना किसान लघुवित्त ‘१००:८७’ शेयर आदानप्रदान अनुपात रहने गरि गाभिन लागेका हुन।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष सुजाता जोशीबाट प्रस्तुत गरिएको आ.व. २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।
यसै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन ,वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरणसमेत सभाबाट पारित भएका छन । समिक्षा आर्थिक वर्षमा संस्थाले रु. ५० करोड ५५ लाख संचालन नाफा गरेको छ।

सभामा अध्यक्ष जोशीले दुई संस्थाबिचको मर्जर पश्चात पूंजीगत आधार मजबुत र सुदृढ भई प्रतिस्पर्धात्मक क्षमतामा अझ वृद्धि हुने, व्यवसायमा वृद्धि हुने , कृषि तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको विस्तारमा सहयोग पुग्ने र लघुवित्त तथा सहकारी संस्थाहरुलाई सुलभ तथा सहज रूपमा वित्तीय श्रोत उपलब्ध गराउने एक विशिष्टिकृत संस्थाको रूपमा रुपान्तरण हुने अपेक्षा गरिएको बताइन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend