शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आईएमई को-अपरेटिभ सर्भिसको कुल सम्पत्ति १० अर्ब र तरलता २१.६५% बढी

आईएमई को-अपरेटिभ सर्भिसको कुल सम्पत्ति १० अर्ब र तरलता २१.६५% बढी

काठमाडौं । आईएमई को-अपरेटिभ सर्भिस लिमिटेडले फागुन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।यस विवरण अनुसार संस्थाको सेयर पुँजी ६२ करोड ३९ लाख ८५ हजार रुपैयाँ पुगेको छ । संस्थासँग १ अर्ब ८४ करोड १० लाख ७१ हजार ९ सय ७ रुपैयाँ (२१.६५ प्रतिशत) तरलता रहेको छ।

त्यससँगै , संस्थाको जगेडा कोषमा ३० करोड ५ लाख ३३ हजार ९६ रुपैयाँ र कुल संस्थागत पुँजी १ अर्ब ६ लाख ८५ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

माघ मसान्तसम्ममा संस्थाको सेयर पुँजी ४२ करोड २० लाख, जगेडा कोष २९ करोड २१ लाख र अन्य कोषमा ९ करोड २८ लाख रुपैयाँ, कुल बचत ८ अर्ब ४ करोड रुपैयाँ, लगानी ७ अर्ब २२ करोड, संस्थागत पुँजी ७८ करोड ५९ लाख र कुल सम्पत्ती ९ अर्ब ६८ करोड थियो।

केही समय अघि आएमई कोअपरेटिभ सर्भिस लिमिटेड र जिएमई बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको थियो । दुई संस्थाबीच एकीकण भएपछि संस्थाको कारोबार वृद्धि भएको हो । दुई संस्था बीच फागुन २५ देखि एकीकृत कारोबार भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend