शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रोयल इन्फिल्डको नयाँ अत्याधुनिक शोरुमहरु सञ्चालनमा

रोयल इन्फिल्डको नयाँ अत्याधुनिक शोरुमहरु सञ्चालनमा

काठमाडौं। रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै दुई वटा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी अल्फा अटोमोटिभ हो ।

चैत ५ गते त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल संघाई र अन्य अतिथिहरुले शोरुम शुभारम्भ गरे । सो अवसरमा त्रिवेणी ग्रुपका डाइरेक्टर हर्ष संघाईले आगामी दिनमा विभिन्न मोडल उपलब्ध गराउने र ग्राहकको माया पाइरहने विश्वास व्यक्त गरे ।

अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले चालु आर्थिक वर्षको अन्त्य सम्ममा देशभर १८ शोरुम सञ्चालनमा ल्याउने बताउदै रोयल इन्फिल्डको लिगेसीलाई सबैले पछ्याइरहने विश्वास व्यक्त गरे ।

कम्पनीको मापदण्ड अनुसार तयार गरिएका शोरुम ‘बाइकर्स होम’ को अवधारणामा आधारित छ । शोरुमबाट बाइक, राइडिङ गियर, जेन्युइन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स आदि बिक्री गरिनुका साथै बिक्री पछिको सेवा समेत उपलब्ध गराइने छ । कम्पनीको मुख्य उद्देश्य ‘ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि’ रहेको बताइएको छ ।

सन् १९०१ देखि निरन्तर रुपमा मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गर्दै आएको रोयल इन्फिल्ड विश्वको एक पुरानो मोटरसाइकल कम्पनी हो ।

हाल रोयल इन्फिल्डका नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी गरी ६ स्थानमा शोरुम छन् । चैत्र महिना भित्र विर्तामोड, टाँडी, सुर्खेत र भक्तपुर गरी थप ४ वटा शोरुम संचालनमा आउने छन् ।

आगामी असार महिना भित्र विराटनगर, राजविराज, जनकपुर, हेटौंडा, नारायणगढ, दाङ, नेपालगन्ज र त्रिपुरेश्वर गरी थप ८ वटा शोरुमबाट बाइक बिक्री, गियर एवं जेन्युइन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ लगायतका सेवा प्रदान गरिने कम्पनीको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend