काठमाडौं । दक्षिण एशियाली राष्ट्रका इन्डोक्राइन विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। दक्षिण एशियाली राष्ट्रका इन्डोक्राइनोलोजी संस्थाहरुको छाता संगठन साफिस ईन्टरनेसनलको आयोजनामा यहीँ १७ र १८ मार्च २०२३ ( ३ र ४ चैत्र २०७९) मा सम्मेलनमा विभिन्न देशका अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुबाट मधुमेह , थाइराइड , मोटोपना, तथा अन्य हर्मोनसङ्ग सम्बन्धित रोगहरुमा अनुसन्धान मूलक कार्यपत्रहरु प्रस्तुति र अन्तर्कृया गरिएको साफिस ईन्टरनेसनलका अध्यक्ष वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डा. डिना श्रेष्ठले बताइन।

SAFES(South Asian Federation of Endocrine Societies ) मा दक्षिण एशियाली राष्ट्रहरु बङ्गलादेश, भारत ,नेपाल ,अफगानिस्तान , श्रीलंका ,पाकिस्तान र माल्दिभ्स संलग्न छन। यस संस्थाको हालका अध्यक्ष नेपालका डा.डिना श्रेष्ठ छिन।
सम्मेलनले साफिस अन्तर्गत रहेका विभिन्न विज्ञहरु द्वारा दक्षिण एसियाली स्तरीय अनुसन्धान गरि मोटोपना सम्बन्धि जनचेतना जगाउनको लागि काठमाडौं घोषणापत्र- The Kathmandu declaration -Obesity in the South Asian Region : an exigency statement प्रस्तुत गरियो।
विश्वमा महामारी जस्तै फैलिएको मधुमेहबाट परिवार र समाजमा पर्ने नकारात्मक पमानसिक र आर्थिक प्रभाव दर्शाउने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित वृत्तचित्र मधुमेह भाग -२ प्रस्तुत गरियो। मधुमेह ,थाइराइड,तथा अन्य हर्मोनसङ्ग सम्बन्धित रोगहरुको जटिल समस्याहरुको समाधानमा साफिस लागिपर्ने सहभागीहरुले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend