शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गरे पद तथा गोपनीयताको शपथग्रहण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गरे पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा फागुन २९ गते सोमबार आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन्।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति थियो।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ। साथै निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।

यसपछि राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend