शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लक्ष्मी लघुवित्तको साधारणसभाबाट लाभांश पारित, संचालकहरु निर्वाचित

लक्ष्मी लघुवित्तको साधारणसभाबाट लाभांश पारित, संचालकहरु निर्वाचित

काठमाण्डौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन २९ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाले २० प्रतिशत लाभांश पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा बसेको वार्षिक साधारणसभाले २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ। कम्पनीले २०७९ असार मसान्तमा कायम रहेको चुक्तापुँजी रु. ३८ करोड ४० लाख ५४ हजारको ५ प्रतिशत नगद लाभांश (करसमेत) र १५ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ। बोनस सेयरपश्चात कम्पनीको चुक्तापुँजी रु. ४४ करोड १६ लाख ६२ हजार १ सय पुग्नेछ।

सभाबाट सञ्चालक समितिमा समूह ‘ख’ सर्वसाधारण सेयरवालाको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा २ जना डा. गणेश भट्टराई र सविना उपाध्याय पुनः निर्विरोध निर्वाचित भएका छन्।

यसका साथै अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता प्रदान गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend