काठमाण्डौं १६ चैत्र । शिक्षक सेवा आयोगले शिक्षकको परीक्षामा मोबाइल लैजान निषेध गरेको छ । आयोगले मंगलबारदेखि विभिन्न तहको परीक्षा सञ्चालन गरिहरेको छ ।
आयोगले माध्यामिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा चैत १५, १७, १९ र २१ गतेका लागि निर्धारण गरेको छ ।
आयोगले बुधबार परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिएर जान नपाउने निर्देशन प्रवेशपत्रमा उल्लेख भए पनि अधिकांश परीक्षार्थीले लिएर गएपछि सूचना जारी गर्दै बिहीबारदेखि हुने परीक्षामा नलैजान भनेको हो । आयोगले फोन मात्रै नभइ एलेक्ट्रोनिक डिभाइससमेत नेबोक्न भनेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend