बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक

‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक

 

 

काठमाडौं ९ चैत । अग्रणी मार्क्सवादी लेखक तथा प्रचारक गोविन्दप्रसाद लोहनीको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशित भएको छ । एक कार्यक्रमबीच कृपा पब्लिकेसन हाउसले ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक गरेको हो ।

लोहनीका पुत्र कपिल लोहनीको संयोजन तथा साहित्यिक पत्रकाररकवि विमल भौकाजीको सम्पादनमा उक्त स्मृतिग्रन्थ प्रकाशित भएको हो । ग्रन्थमा १२३ जना विभिन्न क्षेत्रका व्यक्तिले लेखेको स्मृति लेख तथा गोविन्दप्रसादका २० लेख, रचना, अन्तर्वार्ता एवं डायरी समावेश छन् ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, ज्ञानू पाण्डे, रमा शर्मा, कमल कोइराला, हिरण्यलाल श्रेष्ठ, बद्रीप्रसाद खतिवडा, डा जयराज आचार्य, डा विश्वम्भर प्याकुर्‍याल, डा खेम कोइराला बन्धु, डा रत्नशमशेर राणा, डा मोहन लोहनी, डा मदनकुमार भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, पदम ठकुराठी, पुष्कर लोहनी, प्रद्युम्नविक्रम शाह, विमल भौकाजी, कपिल लोहनीलगायत व्यक्तिले गोविन्दप्रसादको योगदानबारे चर्चा गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend