बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चैतमा अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्दै

चैतमा अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्दै

 

 

काठमाण्डौ २५ फाल्गुन । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका अनुरुप अध्यापन अनुमतिपत्रको विज्ञापन चैतमा सञ्चालन गरी २०७९ असारमा परीक्षा सञ्चालन गर्ने र असोजमा नतिजा सार्वजनिक गर्ने तयारी छ ।

अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मङ्सिरबाट हुने जनाइएको छ ।

हालसम्म सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।

हेर्नुहोस् आयोगको कार्यतालिका

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend