आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपा अध्यक्ष ठाकुरले दिए यस्तो संकेत

लोसपा अध्यक्ष ठाकुरले दिए यस्तो संकेत

 

 

जनकपुरधाम १८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन्।

महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका हुन् ।

आगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ रु भन्ने पत्रकारहरु प्रश्नमा ठाकुरले भने, ‘अहिलेसम्म गठबन्धन हुन्छ वा हुँदैन भन्ने पार्टीले आधिकारिक निर्णय गर्न सकेको छैन । तर ४ दलको गठबन्धन कायम रहेको अवस्थामा हाम्रो गठबन्धन पनि हुन सक्छ।‘

गठबन्धनका दलहरुले चुनावसम्मै गठबन्धन कायम रहने बताइरहेका बेला लोसपाले पनि एमालेसँग गठबन्धन गर्न सक्ने नेताहरुको भनाइ छ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेका बेला लोसपा पनि उनीहरुकै सरकारमा सहभागि भएको थियो। अध्यक्ष ठाकुरसँग वरिष्ठ नेता शरतसिंह भण्डारी पनि थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend