आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नारायणकाजी र विप्‍लवबीच भेटबार्ता

नारायणकाजी र विप्‍लवबीच भेटबार्ता

 

काठमाडौँ १८ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माओवादीमा बस्न गाह्रो हुने बताएका छन् । एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्‍डसँग असन्तुष्‍ट रहेका नेता श्रेष्‍ठले नेकपा महासचिव विप्लवसँगको भेटमा माओवादीमा बस्न गाह्रो हुने सुनाएका हुन् ।

विप्लव निकट एक नेताका अनुसार एमसीसीमा प्रचण्‍डले धोका दिएको सुनाएका थिए । उनले प्रचण्डले मात्रै होइन नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालले पनि एमसीसीमा धोका दिएको सुनाएका थिए । ुपछिल्लो राजनीतिक अवस्थाबारे दुवै नेताबीच कुराकानी भयो,ु चन्द निकट ती नेताले इकागजसँग भने, ुएमसीसीमा नेतृत्वले धोका दियो । यसमा माओवादी नेतृत्वमात्रै होइन गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीको नेतृत्वले पनि धोका दियो । असहमतिबीच माओवादीमा बस्न गाह्रो छ भनेर श्रेष्‍ठले भन्नुभयो ।ु

उनका अनुसार आगामी दिनमा सहकार्य गर्नेबारे समेत नेताद्वयबीच कुराकानी भएको थियो । नेकपा महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्‍टबीच धुव्रीकरण हुनुपर्ने धारणा राखेका थिए । विप्लवको प्रस्तावमा श्रेष्‍ठले सकारातमक जवाफ दिएको नेकपा ती नेताले बताए ।

गठबन्धनमा आवद्ध माओवादी र नेकपा एस एमसीसीको विपक्षमा थिए । अन्तिममा आएर दाहाल(नेपाल एमसीसीको पक्षमा खेलेका थिए । अध्यक्षद्वय एमसीसीका पक्षमा खुलेपछि दुवै पार्टीमा असन्तुष्‍टि बढेको छ । नेता श्रेष्‍ठले एमसीसी अनुमोदन भएको दिनलाई कालो दिनको रूपमा घोषणा गरेका थिए ।

नेता श्रेष्‍ठले असन्तुष्टि सार्वजनिकरूपमै पोख्न थालेपछि माओवादी अध्यक्ष प्रचण्‍डले मंगलबार निवासमै पुगेर भेटेका थिए । माओवादी अध्यक्ष प्रचण्‍डले असन्तुष्‍टि बाहिर छताछुल्न नपार्न आग्रह गर्दै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend