आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अमेरिकी विदेशमन्त्रीद्वारा देउवालाई धन्यवाद

अमेरिकी विदेशमन्त्रीद्वारा देउवालाई धन्यवाद

 

 

काठमाडौं १८ फागुन । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गरेकोमा आभार प्रकट गरेका छन्। मंगलबार साँझ उनीहरुबीच भएको कुराकानीमा अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रधानमन्त्री देउवालाई सरकारले एमसीसी पास गर्ने निर्णय गरेकोमा आभार प्रकट गरेका हुन्।

अमेरिकी विदेशमन्त्री एन्टोनीले नेपाल र अमेरिकाबीचको ७५ वर्षीय कुटनीतिक सम्बन्ध विस्तारमा प्रकाश पार्दै एमसीसी परियोजनाले नेपालमा विद्युतीय प्रसारण लाइन र सडक विस्तारमा टेवा पुर्‍याउने बताए। उनले भने, ‘एमसीसीमार्फत बन्ने विद्युतीय प्रसारण लाइन र सडक विस्तारमार्फत रोजगारीका अवसर सिर्जना हुनेदेखि पूर्वाधार विकास र नेपाली नागरिकको जीवनस्तर उकास्नमा सहयोग गर्नेछ।’

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच एमसीसीसँगै रुस र युक्रेनबीच भइरहेको तनाव, कोरोना महामारीको असर र वातावरणीय क्षतिलगायतका विषयमा कुराकानी भएको थियो।

सो क्रममा रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend