सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खाजाको पैसा कटौती गरेर एआईका विद्यार्थीले गरे धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग

खाजाको पैसा कटौती गरेर एआईका विद्यार्थीले गरे धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग

काठमाडौं ७, फागुन । काठमाडौंको शंखमूलमा रहेको अवरनेस इन्टरनेसनल एकेडेमी (एआईए) विद्यालयका विद्यार्थीले निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय रगंशाला निर्माणको लागी धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

आज एक कार्यक्रमको आयोजना गरी विद्याथीले ३ लाख ४० हजार २ सय रुपैयाँको चेक धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका हुन् । धुर्मुस र सुन्तलीले संयुक्त रुपमा रंगशालाको निर्माणको महान अभियानमा जोडिएकोमा विधार्थीहरुलाई धन्यवाद दिए ।

रंगशाला निर्माणको काम अघि बढिरहेको जानकारी गराउदै अबको चार महिनामा मैदान तयार हुने धुर्मुसले बताए । धुर्मुसले विधार्थीहरुलाई लिएर निर्माणधिन रंगशाला निरक्षणमा आउन शिक्षक परिवारलाई निमन्त्रणा समेत गरे ।

रंगशाला निर्माणको खेलकुद समितिका संयोजक समेत रहेका ओलम्पियन दीपक विष्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अर्का ओलम्प्यिन कमल अधिकारी, १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता करातेका मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य, स्वर्ण पदक विजेता करातेकी अनु अधिकारी उपस्थित थिए ।

ओलम्पियन दीपक विष्टले रंगशाला खेलाडीहरुका लागि मन्दिर भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।विद्यालयका प्रिन्सिपल विमले घिमिरेले सानो प्रयासलाई महत्व दिएर धुर्मुस सुन्तली र खेलाडीले महत्व दिएर उपस्थित भएकाले अझ राम्रो काम गर्ने उर्जा मिलेको बताए । कार्यक्रमको संचालन कृष्ण प्रसाद गैरेले गरेका थिए भने कार्यक्रम सन्देश बस्याल को सभापतित्वमा सम्पन्न भएको थियो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend