काठमाडौ ६ फागुन । खिल्जी असुरकोट – काठमाण्डौ सम्पर्क मञ्चले पिकनिक एबम भेटघाट कार्यक्रमको आयोजना गरेको छ । मञ्चले यही फागुन सनिवार १० गते काठमाडौंको थानकोटपार्कमा आयोजना गर्न लागेको हो ।
अर्घाखाँची जिल्लाको खिल्जी –असुरकोटबाट काठमाडौंमा आई बिभिन्न पेसा, व्यवसाय, बिद्याथी बिच चिनजान र भेटघाट गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
पछिल्लो समय बिभिन्न पेसा व्यवसायका कारण आफनो जन्मथलो छोडेर देश भित्र वा बाहिर जान बाध्य छन् जसको फलस्वरुप आफनो गाँउ ठाउँ र आफन्त बिच भेटघाट पनि पातलिदै गईरहेको बेला खिल्जी असुरकोटका यूवाहरुको सक्रियतामा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

खिल्जी असुरकोटबाट काठमाडौमा आई बसेका सवैजनालाई सहभागी हुन समेत आहवान गरिएको छ । मन्चले गत बर्षमा पनि बिभिन्न कार्यक्तम गदै आएको छ । सम्पर्क मञ्चले गत बर्ष बानेश्वरको शंखमुल ए आई ए बोडिङ्ग स्कुलमा तिज कार्यक्रम गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend