काठमाडौं २४, माघ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने लक्ष्य सहित नेपालको पर्यटन प्रवर्द्धनका काम गर्ने उदेश्य सहित स्थापीत यात्रा नेपालले नेपाल पर्यटन बोर्डका नबनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.धन्नजय रेग्मीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
यात्रा नेपालका अध्यक्ष गोपाल आर्चायको नेतृत्वमा गएको टोलीले रेग्मीलाई कार्यकक्षमा पुगेर बधाई दिएको थियो । सो अवसरमा नेपालको सम्पत्ति प्रकृति र संस्कृति भन्ने मूल नाराका साथ विश्वभरी नेपालको प्रर्वदन गर्ने नेपालको बहुधर्म, बहुसंस्कृति एवं बहुजातीय विशेषतासहित नेपालको मनोरम प्रकृतिकलाई विश्व बजारमा चिनाउने यात्रा नेपाल लाग्ने बताउँदै पर्यटन बोडको सहयोगको अपेक्षा राखेको अध्यक्ष आर्चायले बताए ।
बोर्डका सिईयो रेग्मी नेपालको पर्यटन प्रबद्र्धन र नेपालको कला संस्कृतिलाई बिश्वमा चिनाउन यात्रा नेपालको साथमा पर्यटन बोड रहेको बताए । अध्यक्ष गोपाल आर्याच,सहित उपाध्यक्षमा याम बहादुर जिसी, महासचिवमा विष्णु निश्चल, कोषाध्यक्षमा सुरेश प्रसाद खनाल लगायतको टोलीले भेटेको थियो । संस्थाको नेतृत्वमा अधि भ्रमण बर्षको पहिलो दिन त्रिभुवन बिमानस्थलमा गएर पहिलो बिमानबाट नेपाल आउने पर्यटकलाई स्वागत गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend