काठमाडौं, २४ माघ । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन गर्ने अभियान अन्तर्गत हिजो २३ गते रोशी गाउँपालिकास्तरीय सहकारी समन्वय समिति गठन गरेको छ । जिल्ला सहकारी संघ लि. का अध्यक्ष विनोद पराजुलीको सभाततित्वमा सञ्चालित उक्त कार्यक्रममा उक्त पालिकाका १२ वटै वडामा गठन भई सञ्चालनमा रहेका सबै प्रकृतिका ३८ भन्दा बढी सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

७२ जना भन्दा बढी सहकारी संस्थाहरुका प्रतिनीधि उपस्थित रहेको उक्त कार्यक्रममा पालिकाकी उपाध्यक्ष श्री लक्ष्मिकुमारी उप्रेती बर्तौलाज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरु दाहालको बिशिष्ट रहेको थियो भने वडा अध्यक्षहरु पोष्टराज गौतम वडा नं ७, मिलन लामा वडा नं ११ तथा वडा नं १० का वडा अध्यक्ष श्री दुधराज तामाङज्यूको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रोशी बचत तथा ऋण सहकारी संस्था लि.का ज्ञानेन्द्र लामाज्यूको संयोजकत्वमा १३ सदस्यीय पालिकातरीय समन्वय समिति गठन भएको छ । जस अन्तर्गत सह संयोजकमा बबिता बोहरा एकिकृत शिखर महिला सहकारी तथा सचिवमा विकास लामा रोजिना बचत तथा ऋण सहकारी संस्थाबाट निर्बाचित हुनुभएको हो । भेलाले सदस्यहरुमा निर्जला आचार्य, श्याम कार्की, तुलबहादुर राना मगर, रीता कोइराला, कर्म लामा, नवराज लामा, तिलरुपा राय, सुरेन्द्रकुमार राय निर्बाचित हुनुभएको हो ।

भेलामा जिल्ला सहकारी संघ लि ले जिल्ला सहकारीको भूमिका, हालसम्मका कार्यहरुका बारेमा जिल्ला सहकारी संघ लि. का सचिव दिलिप शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो भने समन्वय समिति गठनका औचित्य तथा प्रमुख अतिथी तथा बिशिष्ट अतिथी र अतिथीहरुलाई स्वागत गर्दै कार्यक्रमको उपादेयता समेत जिल्ला सहकारी संघ लि का अध्यक्ष विनोद पराजुलीज्यूले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्षज्यूहरुले यस पालिकामा सहकारी संस्थाहरु सहकारीको मर्म अनुसार अगाडि बढ्न नसक्दा यसपालिका भन्दा बाहिरका संस्थाहरुले आफ्नो प्रवेश सजिलै गर्न सकेका हुँदा पालिकाको योजना अनुसार कानूनमा आधारित भएर सञ्चालन हुनुपर्ने जानकारी गराउनु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत डमरु दाहालज्यूले पालिकास्तरबाट यस क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई पटक पटक समन्वय गर्न आउनका लागि पत्राचार गर्दा समेत प्राय निष्किृय देखिएकाले जिल्ला सहकारी संघ लि ले यस्तो कार्यक्रम सञ्चालन गरि यो भेलामा यस्तो सहकारीहरुको उपस्थिती देखिएकोमा अबका दिनमा सहकारीहरुको सहभागिता बढ्ने र समन्वयमा कार्यहरु सञ्चालन गरी सहकारीको प्रवद्र्धन र विकासका लागि पालिकास्तरबाट आफ्नो योजनामा सहकारीको क्षेत्रलाई बिषेश प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो भने पालिका उपाध्यक्ष लक्ष्मिकुमारी उप्रेतीज्यूले सहकारी संस्थाहरु कानून र ऐन अनुसार सञ्चालनमा आएर समयमै बार्षिक साधारण सभा सञ्चालन गर्ने, लेखा परिक्षण समयमा नै गर्ने र पालिकाले समय समयमा दिएको जिम्मेवारी समेत पालन गर्दा पालिका र सहकारी संस्था बीच नङ र मासको सम्वन्ध सधै रहि रहने जानकारी गराउँदै समन्वय समितिका सबैलाई उच्च स्तरको कार्य सम्पादन गर्दै अगाडि बढ्न शुभकामना ब्यक्त गर्नुभएको थियो ।
संघीय तथा प्रदेश सहकारी ऐन तथा नियमावली अनुसार स्थानीय पालिकास्तरमा कुनैपनि संघहरु दर्ता गर्ने प्रावधान नभएका कारण सहकारी संस्थाहरुको नियमन, दर्ता खारेजी, कानून निर्माण तथा कार्यविधिहरुका बारेमा कार्य गर्न र सहकारी प्रवद्र्धन संस्थाहरुको र विकासका लागि स्थनीय तहहरुमा एउटा संरचना आवश्यकता महसुश गरी जिल्ला सहकारी संघ लि ले जिल्लाका १३ मध्ये ९ वटा स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन गर्ने अभियानलाई तीव्र पारेको हो । फागुन महिना भित्र बाँकी ४ स्थानीय तहहरुमा समेत सहकारी समन्वय समिति निर्माण गरीसक्ने लक्ष्य लिएको बताउनु हुन्छ संघका सचिव दिलिप शर्मा ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend