सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एकै दिन २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

एकै दिन २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार साताको पहिलो दिन सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको मूल्य आज तोलामै दुई हजार तीन सय रूपैयाँ बढेको हो ।

आज सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य भने ओरालो लागेको छ । शुक्रबार तोलामा पाँच हजार रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले कम हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend