सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

काठमाडौँ । आज पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ८६ हजार ६ सय कायम भएको छ ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ५ हजार ५ सयमा कारोबार भएको चाँदी आज ५ हजार २ सयमा कारोबार भइरहेको छ ।

माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन प्रतितोला ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । सुनको मूल्य तोलामा ३ दिनमा ५२ हजार ७ सयले घटेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend