१२ फागुन, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा तीन जना व्यक्तिहरु विरुद्ध उच्च अदालत पाटन , ललितपुरमा मुद्दा दायर गरेको छ।
विभागकी प्रवक्ता एवं उपमहानिर्देश कृष्ण कुमारी श्रेष्ठले आइतबार प्रेस विज्ञप्ति मार्फत प्रतिवादीहरु बुद्ध लामा , कुमार श्रेष्ठ र नौल बहादुर तामाङ माथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी ऐ. ऐनको दफा ४ बमोजिमको कसुर गरेको अभियोगमा उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको जानकारी दिएकी हुन् ।
विभागको विज्ञप्ति अनुसार उल्लेखित प्रतिवादीहरुमध्ये रसुवा नाकाबाट ३३७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने मुख्य प्रतिवादी जिल्ला सिन्धुपाल्चोक, लिशंखुपाखर गाउँपालिका वडा नं. ०६ स्थायी ठेगाना भएका बमजन इन्टरप्राइजेजका प्रोपाइटर बुद्ध लामालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २०(छ१) बमोजिम रु. २,८०,६६,७५९ /- (दुई करोड असी लाख छैसट्टी हजार सात सय उनान्साही रुपैयाँ ) बिगो कायम गरी ऐ. ऐनको दफा २३(१) बमोजिम विगो जफत तथा विगोको शतप्रतिशत जरिवाना हुन तथा ऐ. ऐनको दफा २३०१ (ख) बमोजिम कैद सजायको मागदाबी लिइएको विभागले जनाएको छ।
त्यस्तै, चोरी पैठारीका जुत्ता खरिद गर्ने गरी बुद्ध लामालाई चोरी पैठारी गर्न लगाउने जिल्ला गुल्मी, रुरु गाउँपालिका वडा नं. ०५ स्थायी बतन भएका कुमार श्रेष्ठलाई चोरी पैठारी गरेको जुत्ताको परिमाणको आधारमा ऐ. ऐनको दफा २०छ१। बमोजिम रु. १.२५.६७.९३४/- (अक्षरेपी एक करोड पच्चीस लाख सतसठ्ठी हजार नौ सय चौतीस रुपैयाँ ) विगो कायम गरी ऐ. ऐनको दफा २३(१) बमोजिम बिगो असुल हुन तथा बिगोको शतप्रतिशत जरिवाना हुन र ऐ. ऐनको दफा २३०१(ख) बमोजिम कैद सजाय मागदाबी लिइएको छ।
त्यस्तै , प्रतिवादी बुद्ध लामालाई जुत्ता चोरी पैठारी गर्न साथ र सहयोग गरेको आधारमा अर्का प्रतिवादी भन्सार एजेन्ट नौल बहादुर तामाङलाई ऐ.ऐनको दफा २३०३) बमोजिम मतियारलाई हुने सजायको मागदावी लिइएको छ। यसरी प्रस्तुत कसुरमा उल्लिखित प्रतिवादीहरुबाट कुल रु. ५,४२,००,३३७/- विगो र शतप्रतिशत जरिवाना रु. ५,४२,००,३३७/- गरी जम्मा रु. १०,८४,००,६७४/- (अक्षेरुपी दश करोड चौरासी लाख छसय चौरहत्तर ) को मागदाबी लिई सम्मानित उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको छ।
साथै, उक्त राजस्व चुहावटको कसूरमा प्रयोग भएको ना ३ ख ७०१ नम्बरको ढुवानी साधन तथा सो साधनमा रहेका भन्सार चोरी पैठारीका ब्राण्डेड जुत्ता (३३७२ जोर। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण । ऐन, २०५२ को दफा ३३/११ बमोजिम जफत गर्ने मागदाबी लिइएको छ। त्यसैगरी जाँचपासमा संलग्न रसुवा भन्सार कार्यालयका तत्कालीन कर्मचारीहरुलाई विभागीय कारवाहीको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत भन्सार विभागमा लेखी पठाइएको विभागले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend