दोलखा । विश्वकै प्रथम ‘हाई अल्टिच्युड’ पुरुष तथा महिला खुल्ला फुलकन्ट्याक्ट कराँते प्रतियोगिता ( क्याेकुशिन-सेईसिन) नेपालमा सम्पन्न भएको छ।
नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघ तथा दाेलखा उद्योग बाणिज्य संघकाे समन्वयमा यही फागुन ११ गते आइतबार दाेलखा जिल्लाको कुरी कालिन्चोकमा उक्त कीर्तिमानि प्रतियोगिता आयोजना गरिएको हो। कालिन्चाेक गाउँपालिकाकाे वडा सदस्य मैना तामाङकाे प्रमुख आतिथ्यमा सो प्रतियोगिता सम्पन्न भएको हो।
उक्त प्रतियोगितामा शिहान अशाेक कुमार श्रेष्ठले काँता मध्यकाे सबभन्दा लामाे ५४ स्टेपकाे शुशिहाे काँता प्रदर्शन गरेका थिए।
हालसम्म पनि विश्वकै फुलकन्ट्याक्ट कराँतेकाे ईतिहासमा ३४०० मिटरको उचाईमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आयाेजना गरेकाे याे पहिलाे प्रतियोगिता हाे भनेर संघका केन्द्रीय अध्यक्ष तथा ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठले दावी गरेका छन् ।
प्रतियोगिताका उत्कृष्ट पुरुष तथा महिला खेलाडी :
१. पुरुष खुल्ला ताैल समूह –
प्रथम: शिव बहादुर भुजेल
द्वितीय: सुलभ माझी
तृतीय: अभय राउत
तृतिय: रविन्द्र लुहार
२. महिला खुल्ला ताैल समूह –
प्रथम: सपना ऐडी
द्वितीय: सुस्मा तामाङ
तृतीय: उषा रावल
तृतिय: मनिता राई
उत्कृष्ट : कृष्टी खड्का
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend