सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फेदीखोला हाइड्रोपावर कम्पनीको पूँजीगत संरचना परिवर्तन तथा ‘आईपिओ’ निष्कासनका प्रस्ताव विशेष साधारणसभाबाट स्विकृत

फेदीखोला हाइड्रोपावर कम्पनीको पूँजीगत संरचना परिवर्तन तथा ‘आईपिओ’ निष्कासनका प्रस्ताव विशेष साधारणसभाबाट स्विकृत

११ फागुन,काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा सम्पन्न गर्दै कम्पनीको पूँजीगत संरचना परिवर्तन गर्ने तथा कम्पनीको शेयरको प्रारम्भिक निष्कासन ( आईपिओ) गर्ने विशेष प्रस्तावहरु पारित गरेको छ। कम्पनीका अध्यक्ष चन्द्र प्रसाद बाँस्तोलाको सभापतित्वमा फागुन १० गते शनिबार सम्पन्न  साधारणसभामा  भोजपुर जिल्लामा अवस्थित ४.३ मेगावाट क्षमताको फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजना आगामी वर्ष सम्पन्न गर्दै व्यवसायीक विद्युत उत्पादन शुरु गर्ने जानकारी समेत दिइएको छ।

सभामा शेयर खरिद विक्री सम्बन्धी कार्यको लागि विद्युत नियमन आयोग संग स्वीकृती लिने र यस संग सम्बन्धित कार्यहरुको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको हो।

त्यससँगै , कम्पनीको पूँजीगत संरचना परिवर्तन गर्ने सम्बन्धमा  फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको हाल कायम अधिकृत पूँजी रु. ५०,००,००,०००। (पचास करोड) लाई वृद्धि गरी ६०,००,००,०००। (साठी करोड), हाल कायम जारी पूँजी रु. ५०,००,००,०००। (पचास करोड) लाई वृद्धि गरी ६०,००,००,०००। (साठी करोड), र हाल कायम कम्पनीको संस्थापकहरुले चुक्ता गर्न कबुल गरेको पूँजी रु. ३५,००,००,०००। (पैतिस करोड) लाई वृद्धि गरी ४२,००,००,०००। (बयालिस करोड) कायम गरी प्रवन्धपत्रको दफा ६ को उपदफा (क), (ख) र (ग) संसोधन गर्ने प्रस्ताव पारित भएको छ।

४.३मेगावाट क्षमताको फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजनामा  लगानीका लागि  फेदीखोला (थुम्लुङ) हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएर काम शुरु भएको थियो । आयोजनाको निर्माण गर्ने क्रममा हालसम्म करिव रु. ३५,६०,००,०००। (अक्षरुपी पैतिस करोड साठी लाख रुपैया) भएको खर्च भएको कम्पनीले जनाएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend