सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल राष्ट्रिय कर्मचारी संगठनले बुझायो सचिवलाइ ज्ञापनपत्र

नेपाल राष्ट्रिय कर्मचारी संगठनले बुझायो सचिवलाइ ज्ञापनपत्र

८, फागुन,काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भट्टको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएका छन् ।

सरकारको नेतृत्व परिवर्तन हुने बित्तिकै विगत एक साता देखि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायहरुवाट वैचारिक आस्थाको आधारमा निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० विपरित सेवा अवधि नपुगेका कर्मचारीको पूर्वााग्रह राखि सरुवा गर्ने कामले कर्मचारी तन्त्रमा नराम्रो असर गर्ने अध्यक्ष भट्टद्धारा प्रेषित ज्ञापनपत्रमा उल्लेख छ ।

सङ्घीय, प्रदेश र स्थानीय तहको निजामतीरसरकारी सेवा र यिनीहरू बिचको अन्तर्सम्बन्ध तहगत प्रणाली र परिभाषास् संघ, प्रदेश र स्थानीय सेवालाई सरकारी सेवारनिजामती सेवाको रूपमा परिभाषित गरी तीनै तहमा तहगत प्रणाली कायम गरिनु पर्ने ।

कालोमोसो दल्ने जस्ता आपराधिक गतिविधि गर्नेहरू माथि तत्काल कानुनी कार्वाही गरी सार्वजनिक गर्नुपर्ने विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन।

मिति २०८१ फाल्गुन ०५ गते सोमबारका दिन तनहुँ जिल्ला बन्दिपुर गाउपालिका वडा अध्यक्ष बल बहादुर गुरुङले सोही वडामा कार्यरत सचिव श्री नवीन भुसाललाई कार्यस्थलमै गरेको कुटपिट र रुपन्देही जिल्लाको रोहिणी गाउपालिकाको कार्यपालिका बैठकमै वडा नं २ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख श्री मधु प्रसाद घिमिरे माथी हातपात गरेका छन।

स्थानिय सरकारका जनप्रतिनिधि बाटै दिनहुँ जसो कार्यस्थलमा कार्यरत रास्ट्रसेवक कर्मचारीहरु माथी गम्भीर अवस्थामा पुग्ने गरि गुण्डागर्दी शैलिमा कुटपिट गर्ने कानुनी राज्यको ठाडो उपहास र रास्ट्रसेवक कर्मचारी माथी भएको ज्यादतीपुर्ण घटना र जनमैत्री एंव कर्मचारीमैत्री संघिय निजामती सेवा ऎनको बिषयमा श्रीमान मुख्य सचिवज्यु लाई ध्यानाकर्षण गराउदै ।

श्रीमान मुख्य सचिव ज्युले संगठनका पदाधिकारीहरु कै अगाडी गृहसचिव ज्युलाई फोन गरेर ७७ वटै जिल्लामा कर्मचारीको सुरक्षा र यदि कर्मचारी बाट गल्ती भएको भए कानुनी दायरामा ल्याउने तर भौतिक रुपमा आक्रमण भएका घटना कानुन बिपरित रहेको र भौतिक आक्रमण गरि सकेपछी मिलेमतोको प्रयास गर्नु गलत रहेको भन्दै कानुन बमोजिम अगाडि बढनु पर्ने निर्देशन दिनु भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend