८ फागुन , काठमाडौं । दिल्लीको नवौं मुख्यमन्त्रीमा भाजपा विधायक रेखा गुप्ताले सपथ लिएकी छिन् । ५ फेब्रुअरी २०२५ मा भएको ७० सदस्यीय दिल्ली विधानसभा निर्वाचनमा ४८ सिट जितेर बीजेपी २७ वर्षपछि सत्तामा फर्कंदै गरेको हो । यससँगै रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री तथा चौथो महिला मुख्यमन्त्री बनेकी छिन् ।
रेखा शालीमार बागबाट भाजपा विधायक बनेकी हुन् । उनले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिएकी छिन्। कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी , भाजपा शासित राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू पनि उपस्थित छन्।

मुख्यमन्त्रीसँगै ६ जना मन्त्रीले पनि शपथ लिएका छन्। यसमा प्रवेश वर्मा, आशिष सूद, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्रराज सिंह, कपिल मिश्रा र पंकज कुमार सिंह समावेश छन् जसले अरविन्द केजरीवाललाई पराजित गरे।
शपथ ग्रहण गर्नुअघि रेखा गुप्ताले बिहीबार बिहान मिडियालाई भनिन्, ‘यो एउटा ठूलो जिम्मेवारी हो।’ ममाथि विश्वास देखाउनुभएकोमा म प्रधानमन्त्री मोदी र पार्टी हाईकमान्डलाई धन्यवाद दिन्छु। मैले कहिल्यै सोचेको थिइनँ कि म दिल्लीको मुख्यमन्त्री बन्छु। म सिसाको दरबारमा बस्ने छैन।
यसअघि दिल्लीका मुख्यमन्त्रीको आधिकारिक निवासलाई भाजपाले शीशमहल नाम दिएको थियो। अरविन्द केजरीवालले यसलाई निर्माण गराएका थिए। केजरीवालले नियमहरूलाई बेवास्ता गरेर करोडौं रुपैयाँ खर्च गरेर यो भवन निर्माण गरेको भाजपाको आरोप छ। भाजपाले यसलाई चुनावी मुद्दा पनि बनाएको थियो।
गुप्ता राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र अखिल भारतीय विद्यार्थी परिषद् (एबिवीपी) दुवै पृष्ठभूमिका हुन्। त्यसले पनि उनी मुख्यमन्त्री दाबी बढाएको भनिएको छ। (एजेन्सी)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend