५ फाुल्गुन, काठमाडौं । मार्च २८ देखि गैरआवासीय नेपाली संघको १६ औं युरोपेली क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन माल्टामा हुने भएको छ । आइतवार एक भर्चुअल पत्रकार सम्मेलन गर्दै गैरआवासीय नेपाली संघले १६ औं युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टामा आयोजना हुने जानकारी दिएको हो। सम्मेलनको मूल नारा ुनेपालमा लगानी, समृद्धिका लागि एकताु रहेको छ।
पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष डा बद्री केसीले सम्मेलनमा नेपालको समृद्धिका लागि पूँजी र क्षमतालाई जोड्ने उद्देश्यका साथ घनीभूत छलफल हुने जानकारी दिनु भएको छ । सम्मेलनमा लगानीका अवसरहरू, क्षमता निर्माण, दोहोरो नागरिकताको अधिकार र दिगो आर्थिक वृद्धिका क्षेत्रमा चर्चा गरिनेछ।
पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनालले सम्मेलनका तयारीहरूको बारेमा जानकारी दिनु भएको थियो । उहाँले सम्मेलनमा आउने अतिथिहरूको स्वागत गर्न एनसीसी आतुर रहेको बताउनु भयो । संघका यूरोप संयोजक चिरन्जीबी खड्काले सम्मेलनको उद्देश्य नेपालमा सहकार्य, लगानी र दिगो विकासका अवसरहरूको पहिचान गर्ने रहेको बताउनु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend