सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अध्यक्ष पदको लागि ५ जनाको नाम सर्टलिस्टमा

अध्यक्ष पदको लागि ५ जनाको नाम सर्टलिस्टमा

 

५ फाुल्गुन काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरू मध्ये ५ जना संक्षिप्त सूचीमा समावेश भएका छन् ।

सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार यो सूची प्रकाशन गरिएको हो।

संक्षिप्त सूचीमा समावेश हुनेमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । उनीहरूलाई फागुन १० गते दिनको २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend