सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल औषधि थोक व्यवसायी संघमा गणेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

नेपाल औषधि थोक व्यवसायी संघमा गणेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

४ फागुन , काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष नेपालको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष नेपालका साथमा उपाध्यक्षमा विनोद कार्की र माधव अधिकारी , महासचिवमा राजेन्द्र थापा , सचिवमा गोपाल अधिकारी र कोषाध्यक्षमा दिपेश बस्याल रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिल कुमार वैद्य , चन्द्र सिंह चौधरी , गैरभ कार्की , निरज विक्रम राणा , रुद्र नारायण मल्ल र सुरज श्रेष्ठ रहेका छन् ।

त्यसअघि महाधिवेशनको समुद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा रहेका प्रदीप पौडेलले नीतिगत रूपमा औषधि व्यवसायीका समस्या समाधान गर्न सरकार तत्पर रहेको र यसमा व्यवसायीहरुसंग समन्वय गरेर काम गर्न चाहेको बताएका थिए। स्वास्थ्यमन्त्री पौडेलले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिनु राज्यको दायित्व रहेको हुनाले यसमा राज्यले लगानी गर्नु आवश्यक भएको बताए। औषधि व्यवसायीले पनि सर्वसुलभ र उचित मुल्यमा औषधि उपलब्ध गराएर यो सेवामूलक व्यवसाय मर्मलाई आत्मसात गर्न उनले आग्रह गरे।

दोस्रो महाधिवेशनको समुद्घाटन कार्यक्रम नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाको सभापतित्वमा सम्पन्न भएको थियो। मिति २०७९ भाद्र ४ र ५ मा सम्पन्न भएको प्रथम महाधिवेशनबाट बाँस्कोटाको नेतृत्वमा गठन भएको यस संघले औषधिका थोक व्यवसायीहरुको सुरक्षामा क्रियाशिल रहदै व्यवसायमैत्री वातावरण निर्माण गर्दै आएको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend