सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खानी खोला हाइड्रोपावर कम्पनीको १२औं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित

खानी खोला हाइड्रोपावर कम्पनीको १२औं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित

३० माघ , काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आज बुधबार कम्पनीका अध्यक्ष विजय मान शेरचनको सभापतित्वमा धुम्रबाराही भेन्यु, धुम्बाराही, काठमाडौंमा सभा सम्पन्न भएको हो।

सभाले समीक्षा आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याएको छ।

सञ्चालक समितिको हेरफेर तथा अनुमोदन सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गरेको छ । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस कम्पनी स्थापनाको १२ वर्ष पुरा गरी १३ वर्षमा प्रवेश गरको छ। टुंगुन-ठोस्ने ४.३६ मे.वा. र खानीखोला २ मे वा. क्षमताको २ जलविद्युत आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरि टुंगुन-ठोस्ने बाट मिति २०७३ कार्तिक ९ गते देखि र खानी खोलाबाट मिति २०७३ मार्ग २० गतेबाट विद्युत विक्री गरिरहेको कम्पनीले समीक्षा आर्थिक वर्षमा विद्युत बिक्रीबाट रु. १३ करोड १७ लाख भन्दा बढी आम्दानी गरेको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend