बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एभेन्यू एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा गुल्सन कुमार झा

एभेन्यू एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा गुल्सन कुमार झा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी गुल्सन कुमार झा काठमाडौंको नयाँ बानेश्वरस्थित एभेन्यू एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । उनलाई एक वर्षका लागि एभेन्यू एजुकेसन कन्सल्टेन्सीले नियुक्त गरेको हो।

मंगलबार (२९ माघ) शिक्षाविद विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यमा भएको विशेष समारोहमा क्रिकेटर झालाई सद्भावना दुतको रूपमा घोषणा गरिएको हो। कार्यक्रममा शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराई लगाएतको उपस्तिथि रह्यो।

नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको संस्थाका शाखा देशका चितवन , बुटवल , पोखरा लगायतका शहरमा रहेका छन् । ब्राण्ड एम्बेष्डर नियुक्त भएपछि झाले एजुकेशन क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाएको संस्थासँग आबद्ध हुन पाएकोमा खुशी लागेको बताए।

ब्राण्ड एम्बस्डर भएपछि झाले एभेन्यू एजुकेसन कन्सल्टेन्सीको विभिन्न कार्यक्रममा सहभागिता  समेत जनाउने कम्पनीले जनाएको छ।

‘गुल्सन झा जस्ता प्रतिभाशाली खेलाडीलाई आफ्नो परामर्श केन्द्रको एम्बेस्डर बनाउन पाएकोमा हामी गौरवान्वित छौँ,’ एभेन्यू एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष रबिन पाण्डेले भने।

आफ्ना शैक्षिक केन्द्रको प्रचार र प्रमोशनका लागि खेलाडी र कलाकारलाई ब्रान्ड एम्बसेडर बनाउने प्रचलन अहिले नेपालमा सुरू भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend