२९ माघ, काठमाडौ. । श्री नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको २,२५,००० कित्ता शेयर २०८१ माघ २९ गते बाँडफाँड गरेको छ ।
श्री नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो जारी पू्ँजी रु। ७५,००,००,०००÷– ९अक्षरेपी पचहत्तर करोड रुपैयाँ मात्र० को ३०५ ले हुन आउने रु.२२,५०,००,०००÷– ९अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र० रकम बराबरको प्रति शेयर अंकित मूल्य रु।१००÷– दरका कूल २२,५०,००० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि मिति २०८१÷१०÷०८ गते देखि मिति २०८१÷१०÷२२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५,९०६ आवेदनहरु मध्ये जम्मा २२,५०० जना आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्थाको अधिनमा रहि मिति २०८१ माघ २९ गते निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend