सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संगठनमा सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा छ: भवानी न्यौपाने दाहाल (भिडियो सहित)

संगठनमा सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा छ: भवानी न्यौपाने दाहाल (भिडियो सहित)

२८ माघ, काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन माघ ३० र फागुन १ गते काठमाडौंमा हुँदैछ। “संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ हुन लागेको बाह्रौँ महाधिवेशनको एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उक्त महाधिवेशनले संगठनको आगामी ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ।

आगामी नेतृत्वको लागि संगठनकी वर्तमान उपाध्यक्ष भवानी न्यौपाने दाहालले सर्वसम्मत अध्यक्ष चयन हुने अपेक्षा व्यक्त गरेकी छन् । निर्वाचन प्रक्रियामा समेत आफू अध्यक्षको उम्मेदवार रहने उनले बताएकी छन् ।

 

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भएको र समितिमा दफावार रूपमा छलफल भइरहेको विद्यमान अवस्था रहेको हुँदा यो विधेयकलाई तीनै तहलाई सम्बोधन हुने गरी कर्मचारीमैत्री बनाउन विशेष ध्यान पुर्‍याउनु जरुरी रहेको , प्रशासन सुधारका लागि नेपालमा संस्थागत प्रयासहरूको आवश्यकता रहेको , निजामती प्रशासनमा लागेको राजनीतिकरणको अन्त्य गर्नुपर्ने , जनतामा निजामती सेवा प्रति विश्वास र भरोसा पैदा गर्नुपर्ने , महिला कर्मचारीहरुको हकहितका कुरा उठाउनुपर्ने लगायतलाई उनले आफ्नो उम्मेदवारीको उद्देश्य रहेको बताउछिन् । हेर्नुहोस् भिडियो

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend