माघ २८,काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मान्छेको मुटु’नामक पुस्तक सार्वजनिक भएको छ । नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष रत्नमणी गजुरेल र नेपाल हृदयरोग निवारण संस्थाका अध्यक्ष सत्यनारायण सुवालले आइतबार एक कार्यक्रमबीच सार्वजनिक रूपमा पुस्तकको लोकार्पण गर्नु भएको हो ।
कार्यक्रममा नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा गजुरेलले पुस्तकमा मुटुको डाक्टर भएर मान्छेको मुटुलाई साहित्यमार्फत प्रस्फुटन गर्ने काम उत्कृष्ट भएको बताउनु भयो ।
नेपाल हृदयरोग निवारण संस्थाका अध्यक्ष सुवालले पुस्तकमा स्वास्थ्य नीति, पैरवी, स्वास्थ्यका जल्दाबल्दा समस्यालाई उल्लेख गरिएको बताउनु भयो ।
पुस्तकका लेखक डा उपाध्यायले बिरामीले औषधी किनेर नखाएपछि हृयदयाघात भएर मृत्यु भएको विषयलाई उल्लेख गरेको भन्दै पुस्तकमा भावनात्मक, आध्यात्मिक कुरा उल्लेख गरिएको बताउनु भयो । उहाँले मन र मुटुबिच सम्बन्ध हुने विषय पनि पुस्तकमा समेटिएको जानकारी दिनु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend