सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन्

ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन्

 

२५ माघ,काठमाडौं । कतिबेला सुत्ने र कतिबेला उठ्ने आफ्नो दैनिक तालिका कमैले मात्र बनाएका हुन्छन् । धेरैले यसरी समय निर्धारित गरेका हुँदैनन् ।

यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै, साथै उनीहरु कैयौं खालका शारीरिक रोगहरुको चपेटामा पर्छन् ।

बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् । दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेशनको सम्भावना पनि धेरै नै कम हुन्छ ।

शोधको नेतृत्वगरेका कोलोराडो बोल्डर युनिभर्सिटीका डाइरेक्टर सेलिन वेटरका अनुसार विहान छिटै उठ्नाले थुप्रै स्वास्थ्य लाभ हुन सक्छ । छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ ।

अध्ययनबाट जो मानिस ढिलोसम्म सुत्छन् वा राती धेरै बेरसम्म सुत्दैनन् उनीहरुमा डिप्रेशनको समस्या दुईगुणा बढी हुने तथ्य पनि अगाडि आएको छ ।

राती अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ । निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिप्रेसन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ ।

यो अध्ययनको प्रकाशन ‘साइकेट्रिक रिसर्च’ नामक पत्रिकामा गरिएको छ । यो शोधको लागि वेटरको टिमले ‘क्रोनोटाइप’ अर्थात रातमा जाग्नेहरुको डिप्रेसनको जोखिम बीच सम्बन्ध पत्ता लगाउन ३२ हजार महिला नर्सहरुको तथ्यांकको विश्लेषण गरेको थियो ।

यसमा २४ घन्टाको समयमा व्यक्तिको निन्द्राको प्रवृत्ति, सुत्ने जाग्ने रुची र मनोविकार समावेश छन् ।

वेटरले भनेका छन्, ‘हाम्रो परिणाम क्रोनोटाइप र डिप्रेसनको जोखिम बीच सामान्य सम्बन्ध देखाउँछ । यो क्रोनोटाइप र मनोदशासँग जोडिएको अनुवांशिक मार्गको ओभरल्यापसँग सम्बन्धित हुन सक्छ ।’

विहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौं लाभ पाउन सक्नुहुन्छ ।

१। बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ । शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ ।

२। जो मानिस विहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लड प्रेसरको समस्या निम्तिदैन ।

३। बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४। बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend