सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण

२२ माघ, काठमाडाैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सोमबार (२१ माघ) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संघको आगामी साधारणसभामा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेका छन् । संघको ३०औं र ३१औं साधारणसभा तथा अधिवेशन फागुन २ गते हुँदैछ। सोही साधारण सभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

वैदेशिक रोजगार व्यवसायी संघको कार्य समितिले टंक राउतको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको र माघ २५ गतेभित्र मतदाताको अन्तिम सूची बुझाएपछि समितिले काम थाल्ने संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन्  । संघको नयाँ नेतृत्वका लागि दलीय प्रतिस्पर्धा हुने देखिएको छ ।

संघको आगामी निर्वाचनमा एमालेनिकट प्रगतिशील रोजगार व्यवसायी संघको तर्फबाट नरेश गेलाल अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । महासचिव उम्मेदवार जनक रावलको नाम आएको छ । त्यस्तै ,कांग्रेसनिकट लोकतान्त्रिक समूहबाट अध्यक्षमा भुवन सिंह गुरुङ उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक समूहबाटै वर्तमान महासचिव मेघनाथ भुर्तेलले समेत अध्यक्षमा दाबी गरेका छन् ।

संघमा हाल ७५० भन्दा बढी मतदाता रहेकोमा कांग्रेस पक्षको बाहुल्य रहेको छ । यसअघि कांग्रेसनिकटका २ उम्मेदवार भन्दा एमालेनिकटका राजेन्द्र भण्डारी अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी, नेकपा एसलाई समेत साथमा लिएर एमालेनिकट प्रगतिशील समूहले प्यानल बनाउने तयारी गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend