सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीले पर्यटन मन्त्री अधिकारीको परिवारलाई भेटे

प्रधानमन्त्री ओलीले पर्यटन मन्त्री अधिकारीको परिवारलाई भेटे

काठमाडौं । नेकपाका प्रभावशाली नेता एबम संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भए संगै आमनेपाली जनता दुखी भएका छन् । सामाजिक संजाल देखी बिभिन्न टोल टोल चिया पसलमा समेत मन्त्री अधिकारीकै दुर्घटनाको बारेमा कुरा भईरहेको सुन्न पाईन्छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीको परिवारलाई भेट्न मन्त्रीक्वार्टर पुल्चोक पुगेका छन् । ताप्लेजुङमा भएको एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीहरु भेट्न क्वार्टर पुगेका हुन् । प्रधानमन्त्री ओलीको गाडी अघिअघि थियो भने मन्त्रीहरुको गाडी पछिपछि थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend