सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दुखद खबर हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री सहित सातै जनाको निधन

दुखद खबर हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री सहित सातै जनाको निधन

ताप्लेजुङ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ ।

क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र  शेरचन र अर्का एकजना सवार थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend