सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजधानीका पेट्रोलपम्प हटाउन महानगरले लेख्यो आयल निगमलाई पत्र

राजधानीका पेट्रोलपम्प हटाउन महानगरले लेख्यो आयल निगमलाई पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा संचालनमा रहेका एक दर्जन भन्दा बढी पेट्रोलपम्प हटाउने तयारी थालेका छ । महानगरले यस्ता पेट्रोलपम्पले ट्राफिक जाम गराएको ठहर गर्दै पेट्रोलपम्प हटाउने निर्णयमा पुगेको हो । सडक छेउमै खोलिएका राजधानीका १५ ओटा पेट्रोलपम्प हटाउने निर्णय गरेको हो ।

महानगरले नेपाल आयल निगम लिमिटेडलाई पत्र लेख्दै सडक छेउमै खोलिएका पम्प हटाउन भनेको छ ।महानगरले टेकुमा रहेको कनक पेट्रोलपम्प, सोल्टीमोडको सीता पेट्रोलपम्प, बालाजुको कोतधुकु पेट्रोलपम्प, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलङ्कीका बाबा, स्यामा र त्रिशूल पेट्रोलपम्प, गैरीगाउँको भ्याली रिकेस पेट्रोलपम्प, जडीबुटीको कामाख्या पेट्रोलपम्प, जोरपाटीका जुबी र बराल पेट्रोलपम्प, दमकलचोकको एचपी इन्टरनेसनल इन्क, एकान्तकुनाको गायत्री पेट्रोलपम्प तथा महाराजगङ्जको सीता पेट्रोलपम्पलाई तत्काल हटाउने निर्णय गरेको होे । तर निगमले भने एकै पटक १५ ओटा पम्प विस्थापित गर्दा उपभोक्तामा ठूलो असर बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend