सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दोस्रो साना किसान सम्मेलन फागुन १६ गते देखि काठमाडौमा हुने

दोस्रो साना किसान सम्मेलन फागुन १६ गते देखि काठमाडौमा हुने

फागुन १४, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान कृषि सहकारी संस्थाहरुको आयोजनामा दोश्रो साना किसान सम्मेलन २०७५ काठमाडौमा हुने भएको छ ।”साना किसानको समृद्धि, कृषिमा रुपान्तरण र उद्यमशिलता विकास” भन्ने नाराका साथ दोश्रो साना किसान सम्मेलन फागुन १६ र १७ गते काठमाडौमा हुने साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. का अध्यक्षसमेत रहनुभएका नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको बताइएको छ । सम्मेलनमा देशभरका करीब १ हजार साना किसान प्रतिनिधि, विभिन्न क्षेत्रका राष्ट्रिय अन्तराष्ट्रिय विज्ञ, योजनाविद्, नीति निर्मातालागयत गरि १ हजार २ सय जनाको सहभागिता रहने साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. शिबराम प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

२०३२ सालदेखि सञ्चालित साना किसान विकास कार्यक्रमले ६९ जिल्लामा करिव ९ सय साना किसान कृषि सहकारी स्थापना गरि ८ लाख भन्दा बढि विपन्न तथा साना किसान परिवारलाई सेवा दिदै आएको छ । साना किसान कृषि सहकारीहरुको गतिविधि र सिकाईहरुको आदान प्रदान, नयाँ खोज अनुसन्धानको प्रस्तुति एवंम भावि दिशा निर्दैशन गर्ने उद्देश्यले २०७१ सालमा पहिलो साना किसान सम्मेलन आयोजना गरिएको थियो । साना किसान सम्मेलन प्रत्येक ४ वर्षमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend