सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मेलम्ची आयोजनामा कसैले गिद्दे नजर राखे अमान्यः मन्त्री मगर

मेलम्ची आयोजनामा कसैले गिद्दे नजर राखे अमान्यः मन्त्री मगर

  • शुक्रबार, १० फाल्गुन २०७५

काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । सचिव सरुवा पछि बिभिन्न खाले कुरा चलिरहेको बेला मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना असफल पार्ने कुनै पनि प्रयास आफ्ना लागि मान्य नहुने बताईन ।

उनले यो आयोजनालाई रोक्न कसैको गिद्दे नजर लगाउन खोज्छ भने त्यो कुरा आफुलाई मान्य नहुने उनको भनाई छ । मेलम्ची उपत्यकाबासी जनताका निम्ति महत्वपूर्ण आयोजना भएको बताउदै मन्त्री मगरले यो मेरो व्यक्तिगत रुपमा सफलतासँग जोडिएको विषय भएको भन्दै मेलम्चीको पानी काठमाडौं ल्याएरै छाड्ने दावी गरिन् । मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सचिवले त्यसअनुसार काम नगरेकाले सरुवा गरेको उनले स्पष्ट पारिन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend