काठमाडौं । नेपाली यूवाहरुको लागी मलेशिया रोजगारीको लागी प्रमुख गन्तव्यका रुपमा लिने गरिन्छ । खाली मुलुकको तुलनामा मलेशियालाई नेपालको हावापानी संग मिल्दो जुल्दो र कम्पनी भित्र काम पाईने भएका कारण पनि यूवाहरुको आकर्षण बढदो देखिन्छ । तर नौ महिना देखि रोजगारीको लागी मलेशिया जाने प्रक्रिया बन्द हुँदा कहिले खुल्छ भन्नेमा अन्योलता छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मलेशिया रोजगारीमा जाने कामदार संग केही संस्थाले नेपाली कामदार संग बिभिन्न शिर्षकमा आर्थिक भार थप्ने गरी रकम लिने गरेको भन्दै ती संस्थालाई कारवाही गर्ने भन्दै धरपक्कड समेत गरे ।
मन्त्री बिष्टले त्यस्ता संस्थालाई कारबाही प्रक्रिया अगाडी बढाए पनि यी संस्थाहरुले अदालतबाट मुद्घा जितेर बसेको अवस्था छ । उता मलेशियन सरकारले पनि नेपाली कामदार पठाउने भए पुरानै प्रक्रियाबाट पठाउन भन्दै अडान राखेको छ । कार्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको बताईन्छ । नेपाल सरकार भने नयाँ प्रक्रियाबाट कामदार पठाउने अडान राखेको देखिन्छ । दुवै पक्षबीच सहमति हुन नसक्दा सम्झौता भएको चार महिना बितिसक्दा पनि कामदार मलेसिया जान पाएका छैन्न् । कलिङ भिसा आएका मात्रै साढे सात हजारभन्दा बढी कामदार रोकिएको बताईन्छ ।
वैदेशिक रोजगार व्यवसायीहरुले भने नौ हजार तीन सय ३४ कलिङ भिसा आएको दाबी गर्दै आएका थिए । यता वैदेशिक रोजगार विभागले भने सात हजार ६ सय जनाको विवरण आए पनि प्रमाणीकरण गर्न बाँकी रहेको बताएको छ । श्रम सचिव महेशप्रसाद दाहालले कलिङ भिसा प्राप्त व्यक्तिलाई पुरानै प्रणालीबाट पठाउन सकिने उनको भनाई छ । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसियाको रोजगारी अनिश्चिततातर्फ धकेलिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend