काठमाडौ । नयाँ बानेश्र छक्कु बक्कु पार्कमा पूर्वप्रधानमन्त्री एबम नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भटटराईको सालिक बन्ने भएको छ । आज ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर स्वर्गीय भटटराईको काठमाडौ वडा न १० का वडा अध्यक्ष राम कुमार केसीले सालिकको शिलान्यास गरे । बिधिबत रुपमा शिलान्यास भएको शालिक बनाउने काम भोली देखी सुरु हुने भएको छ ।
साथै अबको दुई महिना भित्र शालिक निर्माण गर्न योजना रहेको अध्यक्ष केसीले बताए । स्वर्गीय भटटराईले राष्ट्र र समाजका लागी दिएको योगदानको मु्ल्याङकन गर्दै उहाँलाई अलग रुपमा परिचित गराउन यो शालिक बनाउन लागेको अध्यक्ष केसीको भनाई छ ।

नेपाली राजननितीमा स्वर्गीय नेता भटटराई त्यागी नेताको रुपमा मान्ने गरिन्छ । साथै यस छक्कु बक्कु पार्कमा सर्वसाधारण नागरिकको समस्यालाई मध्येनजर गर्दै ३ वटा शौचालय बनाउने काम पनि बडा कार्यालयले गरिरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend