काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आम नागरिकले प्रजातन्त्रको अनुभूति गर्न नपाएको ठहर गरेका छन् । उनले राज्यका बिभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता रहेको भन्दै प्रजातन्त्रको अनुभूति अझै आम नेपालीले गर्न नपाएको जिकिर गरे । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार साँझ एक शुभकामना सन्देश जारी गर्दै शाहले राष्ट्रप्रतिको निष्ठामा आएको ह«ास, प्रत्येक युवामा देश छाड्ने आतुरता, नागरिकको मनमा उत्पन्न हिनताबोध र राष्ट्र दिनप्रति दिन कमजोर बनिरहेको उल्लेख गरे ।
उनले शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हुन नहुने र दण्डहिनता एवं विधिविहीनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझा साझा सबै नेपालीको पहुँचमा हुनु पर्छ भन्ने आफ्नो मान्यता रहेको पनि सन्देशमा उल्लेख गरेका छन् । शुभकामना सन्देशमा सनातनिक धर्म, संस्कृति र आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रक्रियाबाट आक्रान्त भएको कहालीलाग्दो दुःखद अवस्था देखा परेको उल्लेख गर्दै पूर्व राजा शाहले यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानु पर्छ भन्ने आफ्नो दृढ धारणा रहेको उल्लेख गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend